आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

प्रदिपले पदबहाली गरे काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा

प्रदिपले पदबहाली गरे काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा

पदबहालीपछि भने, ‘स्थानीय सरकार लोकतन्त्रको प्रयोगशाला हो । हाम्रो सेवा प्रणालीबाट यसको परीक्षण हुन्छ । यसका लागि हामीले काम गर्नु पर्नेछ ।’


  • ढोरपाटन संवाददाता
  • माघ १० २०८०, बुधबार

काठमाडौं  / काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भई आएका प्रदीप परियारले बुधवार पदबहाली गरेका छन् । उनी ३ माघमा राष्ट्रिय योजना आयोगबाट सरुवा भएर काठमाडौं महानगरपालिका आएका थिए ।

पदबहालीपछि विभागीय प्रमुखहरूसँगको परिचयात्मक कार्यक्रममा उनले वार्षिक नीति तथा कार्यक्रममा साझा दृष्टि बनाएर समूहगत कार्य प्रणालीबाट लक्ष्य प्राप्त गर्नुपर्ने बताए । उनले भने, ‘स्थानीय सरकार लोकतन्त्रको प्रयोगशाला हो । हाम्रो सेवा प्रणालीबाट यसको परीक्षण हुन्छ । यसका लागि हामीले काम गर्नु पर्नेछ ।’

सांस्कृतिक पहिचान र पर्यटन प्रवर्द्धनमा काठमाडौंले काम गर्नुपर्ने बताउँदै उनले महानगर गौरव र स्वर्णिम योजनालाई सफल बनाउन, जनप्रतिनिधिको नीति र कार्यक्रमलाई कर्मचारी संयन्त्रले प्रभावकारी कार्यान्वयन गरेर सफलता प्राप्त गर्ने काममा दृढ रहेको उल्लेख गरे ।

२०६९ सालमा नायव सुब्बा पदबाट निजामती सेवामा प्रवेश गरेका परियार २०७० सालमा शाखा अधिकृत र २०७८ सालमा राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव पदमा पदस्थापन भएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->