पोखरा / राष्ट्रिय सभा सदस्यको चुनावको बिहीबार पोखरामा मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान सुरु भएको हो । मतदान समय दिउँसो ३ बजेसम्म तोकिएको छ ।
प्रदेशसभा तर्फ प्रदेश सभा सदस्य भीम कार्की र पालिकातर्फ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पहिलो मतदान गरे । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पनि मतदान गरीसकेका छन् । मतदानका लागि दुई मतदान केन्द्र तोकिएको छ ।





