आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

२२९ जनाले मतदान गरे, फरार देवकुमार कुर्दै निर्वाचन कार्यालय

२२९ जनाले मतदान गरे, फरार देवकुमार कुर्दै निर्वाचन कार्यालय


  • ढोरपाटन संवाददाता
  • माघ ११ २०८०, बिहिबार

पोखरा / राष्ट्रिय सभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा तीन क्लष्टरमा भएको निर्वाचनमा २२९ जनाले मतदान गरेका छन् । यहाँ कुल मतदाता संख्या २३० रहेका छन् ।

६० प्रदेशसभा सदस्य र ८५ स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष गरी २३० जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार एकजना मतदाता बाहेक सबैले मतदान गरिसकेका छन् ।

मतदानका लागि निर्वाचन कार्यालयले इमेज सहकारी प्रकरणमा फरार सूचीमा रहेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई कुरेर बसेको छ ।

मतदानको अन्तिम समय दिउसो ३.०० बजेसम्म रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->