आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

राष्ट्रिय सभा निर्वाचन: कर्णालीमा शतप्रतिशत मतदान

राष्ट्रिय सभा निर्वाचन: कर्णालीमा शतप्रतिशत मतदान


  • ढोरपाटन संवाददाता
  • माघ ११ २०८०, बिहिबार

काठमाडौं / राष्ट्रियसभा सदस्यका लागि कर्णाली प्रदेशमा शतप्रतिशत मतदान सम्पन्न भएको छ । प्रदेशसभाका ४० र स्थानीय तहका १५६ गरि १९६ मतदाताले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कर्णालीबाट दलित, महिला र अन्य तर्फ गरि ३ पदका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) अन्य, नेकपा माओवादीका विष्णु बहादुर विक (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) उम्मेदवार छन् ।

एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार छन् ।

सत्तारुढ गठबन्धनको पक्षमा तीन हजार ७७९ मतभार संख्या छ भने एमालेको मतभार संख्या एक हजार १९५ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->