पोखरा / राष्ट्रिय सभाको सदस्यको निर्वाचनमा लुम्बिनी प्रदेशबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन्। बिहीबार सम्मन्न निर्वाचनको मतपरिणाम अनुसार महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन्।
औपचारिकरूपमा घोषणा हुन भने बाँकी छ। लुम्बिनी प्रदेशबाट नेकपा एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री, तुलसा कुमारी केसीले उम्मेदवारी दिएका थिए भने राप्रपाबाट विजया लक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरी उम्मेदवार थिए।





