विराटनगर /नेकपा एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन्। बिहीबार भएको मतगणनामा उनले नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गरेकी हुन्।
उनले ५ हजार ८६ मत प्राप्त गरेकी छन्। उनको प्रतिस्पर्धी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाएकी छन्।
एमाले उम्मेदवारलाई सत्ता गठबन्धनमा रहेका दलका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख दुवैथरिले मतदान गरेका थिए । प्रदेशमा सत्ता गठबन्धन भन्दा नेकपा एमाले राप्रपा गठबन्धन ७९४ मतान्तरले पछाडि थियाे ।





