पोखरा / गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उमेदवार विजयी भएका छन् ।
महिलातर्फ माओवादीकी मनरुपा शर्मा विजयी भएका छन् । अपांगता/अल्पसंख्यकतर्फ कांग्रेसका पदम परियार र खुलातर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका छन् ।
मनरुपा ३ हजार ६६० मतभारसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेको तर्फबाट उम्मेदवार बनेकी गोरखाकी सम्झना देवकोटाले २ हजार ५५३ र राप्रपाकी १०६ मत प्राप्त गरिन्। राप्रपाकी उम्मेदवार गौमाया श्रेष्ठले १०६ मत पाइन्।
शर्मालाई स्थानीय तहतर्फ ९५ र प्रदेशसभा तर्फ ३५ जनाले मत दिएका थिए। उनलाई स्थानीय तहतर्फ ७३ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए।

गठबन्धनमा आबद्ध यी दलहरूको मतभार जोड्दा तीन हजार ८२७ हुन आउँछ। मनरुपालाई गठबन्धनका ५ जना स्थानीय तहका जनप्रतिनिधिले मत हालेनन्। यो मत एमालेका उम्मेदवारलाई गएको छ।
अपाङ्ग-अल्पसंख्यकतर्फ कांग्रेसका पदम परियारले ३ हजार ७७४ मतभार प्राप्त गर्दा एमालेका हेमन्त शेरचनले २ हजार ४५८ मतभार प्राप्त गरे।
खुलातर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ ३ हजार ८ सय ८ मतभारसहित विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मत प्राप्त गरे।
उनलाई पनि गठबन्धनमा रहेका एकजनाले मत दिएनन् राप्रपाका उम्मेदवार रोमबहादुर भण्डारीले १०६ मत प्राप्त गरे।





