आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

बगर भाइ खलककाे च्यारिटी डिनर

बगर भाइ खलककाे च्यारिटी डिनर


  • ढोरपाटन संवाददाता
  • माघ १४ २०८०, आइतबार

पाेखरा / बगर भाईखलकले ग्रासरुट फुटबल प्रशिक्षणका लागि च्यारिटी डिनर सम्पन्न गरेको छ । फुटबलको विकास ग्रासरुटबाटै हुनुपर्छ भन्ने उदेश्यका साथ आयोजना गरिएको विविध सांस्कृतिक कार्यक्रम सहित च्यारिटी डिनर सम्पन्न गरेको हो ।

कार्यक्रममा सहारा युकेका अध्यक्ष कृष्ण (क्रीस) गुरुङको नेतृत्वमा सचिव मन्जु गुरुङ राई, सल्लाहाकार, कार्यसमिती सदस्यहरु, एन आर एन आइसिसी उपाध्यक्ष रोबिन प्रसाद सेरचन, गोर्खा मिडियाका कार्यकारी प्रमुख मिलन गुरुङ, सहारा युकेका संस्थापक सल्लाहकार महेश गुरुङ लगाएतको सहभागिता रहेको थियो ।

उक्त समारोहमा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज बहादुर गुरुङ, राखेप बोर्ड सदस्य राजेश कुमार गुरुङ, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, पोखरा महानगर पालिका वडा नम्बर एकका वडा अध्यक्ष सहारा प्रधान , वडा नम्बर १४ का अध्यक्ष तथा कास्की जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष तोरण बहादुर बानियाँ ,

नेपाल भुतपुर्ब मन्चका सस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, अध्यक्ष हरि प्रसाद पराजुली लगायत विभिन्न सामाजिक व्यक्तिहरुको सहभागिता रहेको थियो । संस्थाले हरेक वर्ष पोखरामा भेट्रान फुटलबको समेत आयोजना गर्दै आइरहेको छ । सोही अवसरमा भेट्रान फुटबलका लागि ग्रीन गेभलपमेन्ट बैंक र बगर भाइखलक बिच सह–प्रायोजकको लागि सम्झौता समेत भएको छ ।

बगर भाईखलकको तर्फ बाट अध्यक्ष दिल बहादुर गुरुङ र बैंकको तर्फ बाट सिइओ हरि बहादुर बुढाथोकिले हस्ताछर गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->