आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

‘सूचना दिऊँ, गोपनीयताको ख्याल गरौं’

‘सूचना दिऊँ, गोपनीयताको ख्याल गरौं’


  • ढोरपाटन संवाददाता
  • माघ १८ २०८०, बिहिबार

पोखरा/ जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले सूचनाको हकको कार्यान्वयन अनिवार्य शर्त भएको बताएका छन् । उनले सूचनाको हकसम्बन्धी ऐन ,नियमावली र कार्यविधि एवं निर्देशिकाहरूबाट निर्देशित सम्पूर्ण हक र अधिकारहरूको आम नागरिकहरूले निर्वाध रूपमा प्रयोग गर्न पाउने बताउँदै त्यसको बिना हिच्किचाहट कार्यान्वयन गर्न कास्कीका स्थानीय तहसहित सरकारी तथा गैरसरकारी कार्यालयलाई आग्रह पनि गरे ।

प्रमुख पौडेलले बुधबार राष्ट्रिय सूचना आयोगले पोखरामा आयोजना गरेको सूचनाको हकसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै थिए । कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले सूचनाको हकको व्यवहारिक प्रयोग तथा सूचना आयोगको भूमिका र राष्ट्रिय सूचना आयोगका सचिव होमप्रसाद लुइँटेलले संविधानमा सूचनाको हकसम्बन्धी व्यवस्था अनि सूचनाको हकसम्बन्धी ऐन र नियमावली सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै उनीहरुले गोपनीयताको हक उलंघन हुने गरी सूचना संप्रेषण दण्डनीय भएको पनि बताए । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->