आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

देशभर मौसम बदली, पहाडी क्षेत्रमा पानी पर्यो

देशभर मौसम बदली, पहाडी क्षेत्रमा पानी पर्यो


  • ढोरपाटन संवाददाता
  • माघ १८ २०८०, बिहिबार

काठमाडौं / अहिले (बिहीबार राति) देशभर मौसम बदली भई पहाडी क्षेत्रका एक/दुई स्थानमा फाटफुटदेखि हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार आज राति देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। यस क्रममा पहाडी भूभागका एक/दुई स्थानमा फाटफुटदेखि हल्का वर्षा हुने सम्भावना छ।

महाशाखाले भनेको छ, ‘हाल देशभर आंशिक देखि साधारणतया बदली रही देशको पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षा भैरहेको छ। आज राती देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।’

पछिल्लो २४ घण्टामा परेको वर्षाको विवरण र पछिल्लो १ घण्टाको भू-उपग्रह तस्विरहरुको ऐनिमेसनः

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->