आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

पक्राउ परेका विनोद चौधरीका भाई अरुण र थापा अस्पताल भर्ना

पक्राउ परेका विनोद चौधरीका भाई अरुण र थापा अस्पताल भर्ना


  • ढोरपाटन संवाददाता
  • माघ १८ २०८०, बिहिबार

काठमाडौं / बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरणमा पक्राउ परेका उद्योगपति विनोद चौधरीका भाइ अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई अस्पताल भर्ना गरिएको छ।

थापालाई मुटुको समस्या र चौधरीलाई सुगर प्रेसरको समस्या रहेको भन्दै चिरायु अस्पताल भर्ना गरिएको हो।

जिल्ला अदालत, काठमाडौंले उनीहरुलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। उनीहरुलाई बिहीबार दिउसो सिआइबीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
अरुण चौधरी ग्रुप अन्तर्गतको सीजी होल्डिङ्ग्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन्। बाँसबारी छाला तथा जुत्ता कारखानाबाट चौधरी ग्रुपले हत्याएको १० रोपनी सरकारी जग्गा सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ। यो कम्पनीमा अरुण र उनकी श्रीमती शिला चौधरीको स्वामित्व छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->