आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

१ सय २० वर्षको उमेरमा बाटुली लामिछानेको निधन

१ सय २० वर्षको उमेरमा बाटुली लामिछानेको निधन


  • ढोरपाटन संवाददाता
  • माघ २० २०८०, शनिबार

काठमाडौं / नुवाकोट जिल्लाको ककनी गाउँपालिका-८ निवासी एक सय २० वर्षिया बाटुली लामिछानेको आज निधन भएको छ। श्वासप्रश्वासमा समस्या भएसँगै उपचारका क्रममा उनको शुक्रबार घरमै निधन भएको उनका आफन्त उद्धव हुमागाईँले जानकारी दिए।

उनका अनुसार पछिल्लो एक सातादेखि ज्येष्ठ नागरिक लामिछानेलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो। ककनी गाउँपालिका र उनको संरक्षण तथा रेखदेखमा सक्रिय बाला फाउन्डेसनले उनको घरमै चिकित्सक ल्याएर उपचार गराउँदै आएको थियो।

बाटुली लामिछानेको चाहनाअनुसार शुक्रबार राति नै पशुपति आर्यघाटमा अन्तिम संस्कार पनि गरिएको छ। उनलाई ८२ वर्षीय छोरा नेत्रप्रसाद लामिछाने दागबत्ती दिए।

नेपाली नागरिकताको प्रमाणपत्रअनुसार बाटुली लामिछानेको जन्म विसं १९५९ चैत १० गते भएको हो। उनलाई विश्वकै ज्येष्ठ नागरिक घोषणाका लागि बाला फाउन्डेसनमार्फत आवश्यक पहल भइरहेको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->