बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कुकुर होस्टेल : कामले जफाव दिनुपर्छ

कुकुर होस्टेल : कामले जफाव दिनुपर्छ


  • Dhorpatan News
  • फाल्गुन ३ २०८०, बिहिबार

बागलुङ नगरपालिकाले दुई वर्षमा एक हजार पाँच सय जना कुकुरको आक्रमणमा परेको तथ्यांकसहित सामुदायीक कुकुर व्यवस्थापनका लागि कुकुर होस्टलको अबधारणा अघि सारेको छ । प्रदेश सरकार सँगको साझेदारीमा यो योजना सम्पन्न गर्ने लक्ष्यमा नगरपालिका छ । कुकुर होस्टलको प्रसंग सुरुवात भएयता यो बिषयसँग जोडिएका अनेकौं विचारहरु बाहिर आएका छन् । यस्तै महत्वकांक्षी योजनाको बाँदर पार्कको प्रारम्भिक अध्ययन थालेको जैमिनी नगरपालिका पनि आलोचनाबाट बाहिर छैन् । बागलुङकै गलकोट नगरपालिकाले फोहोर व्यवस्थापनका लागि अपनाउन लागेको बिधिका बिषयमा पनि चर्चा र संशयहरु छन् । गण्डकी प्रदेशका स्थानीय तहले नागरिकको सुरक्षा र जीविकोपार्जनसँग जोडिएका नयाँ कार्यक्रम ल्याउँदा सर्वसाधारणको तहमा बहस चल्ने गरेको छ । पोखरालाई पर्यटकीय राजधानी बनाउने कुरा होस् वा पर्वतको फलेवासमा रंगशालाको प्रसंग किन नहोस्, स्याङ्जाका स्थानीय तहले गरेका केही राम्रा प्रयास हुन् वा मुस्ताङका स्थानीय तहले समयमा काम सक्न गरेका प्रयास, सर्वसाधारणको तहमा चल्ने बहस उन्नत र मनन् योग्य नै छन् ।

पछिल्लो समय गण्डकी प्रदेशमा चर्चा भएको बिषय हो बागलुङ नगरपालिकाले संचालन गर्न लागेको कुकुर होस्टल । यो बिषय आँफैमा गहन, नौलो र चुनौतीपूर्ण विषय हो । बागलुङ बजारक्षेत्रका सामुदायीक कुकुरको आतंक नौलो होईन् । चार बर्ष पहिले यहाँका सामुदायीक कुकुरकै आक्रमणमा केही व्यक्तीहरुले ज्यान नै गुमाउन परेका दुखान्त उदाहरणहरु छन् । सामुदायीक कुकुरको नियन्त्रणका लागि यो पहिलो प्रयास पनि होईन । यसअघि कुकुरको बन्ध्याकरण गर्ने, घरका कुकुर सडकमा नछोड्न आग्रह गर्ने लगायतका कामहरु भएका थिए । ती प्रयासहरुले मात्रै कुकुरको संख्या बृद्धि रोकिएन् । अहिले पनि कुकुर आतंक जारी छ । नागरिक प्रताडित छन् ।

कुकुर होस्टल आँफैमा उपयोगी विषय हो । भारत अमेरिकाजस्ता देशहरुमा यसको प्रयोग प्रभावकारी भएको पाईन्छ । बागलुङ नगरपालिकाले बनाउन लागेको होस्टल बन्ने नबन्ने, बने पछिको व्यवस्थापन कस्तो हुने ? लगायतका विषयमा यसअघि हाम्रा जनप्रतिनिधिले गरेका काम र परिणामलाई आधार बनाएरै सर्वसाधारणले शंकाको सुविधा पाएका हुन् । यो होस्टल जुन उद्देश्यका साथ परिकल्पना गरिएको छ त्यो प्राप्तीका लागि जनप्रतिनिधिको दृढ संकल्प, कर्मचारीको लगाव र नागरिकको साथ अवश्य चाहिन्छ । नयाँ योजना भएकाले प्रयोगसिद्ध नहुने बेलासम्म शंकाको सुविधा रहला तर अब बागलुङ नगरपालिकालाई पछि फर्किने सुविधा छैन् । कुकुर होस्टलबाट सर्वसाधारणलाई सरकार रहेको महसुस गराउने अवसर नगरपालिकालाई रहेको छ । यो अवसरलाई सदुपयोग नगरले गर्नुपर्छ । पुरानै ढर्राले काम बन्दैन नयाँ योजनामा संकल्पबद्ध भएर लाग्न जरुरी छ । यसैमा सबैको भलो हुने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->