शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

प्रकृतिको सारङ्गी सपना

प्रकृतिको सारङ्गी सपना


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ५ २०८०, शनिबार

पोखरा/ हेम्जाकी प्रकृति गायक १२ वर्षकी भइन् । ६ कक्षामा पढ्दै गरेकी प्रकृति गन्धर्व सारङ्गी संरक्षण पाठशालामा सारङ्गी बजाउन सिकिरहेकी छन् । उनी शुक्रवार पोखरा फेवा ता किनारमा चलिरहेका सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको ‘कथा भन्ने सारङ्गी’ सत्रमा उनी सारंगी वादक तथा गायक चित्रबहादुर गन्धर्व र हरिबहादुर गन्धर्वसँगै स्टेजमा उभिएकी थिइन् । चित्रबहादुर र हरिबहादुरले सारङ्गीमार्फत दुलही रुवाउने धुन, स्वस्थानी गाथा लगायतका गीत गाएका थिए । भने प्रकृतिले सारङ्गीमार्फत राष्ट्रिय गान र रेसम फिरिरि गीत गाएकी थिइन् ।

प्रकृतिले उक्त कार्यक्रममार्फत् आफूले सारङ्गीलाई देशको मुख्य बाजा बनाउने हो भन्ने कुरा चिनाउन चाहेको बताइन् । किन सारङ्गी बजाउन लाग्नुभयो भन्ने प्रश्नमा प्रकृतिले भनिन्, ‘सारङ्गी बजाएर देशभरि नै हाम्रो मुख्य बाजा हो भन्ने कुरा चिनाउन चाहन्छु ।’

चित्रबहादुर गन्धर्वले राष्ट्रिय बाजा भनेकै सारङ्गी, बासुरी र पञ्चेबाजा भएकाले यसलाई लोभ हुनबाट रोक्नुपर्ने बताए । ‘लोप हुन नदिने हामीले ठाउँ ठाउँमा कार्यक्रम गरिराखेको छौँ । ससाना नानीहरू प्रशिक्षण पनि दिइराखेका छौँ,’ उनले भने । हरिबहादुर र चित्रबहादुर लोक गीत गाउँदै नेपालका पश्चिमी भाग डुल्ने गर्छन् ।

‘जे थर्टी–थ्री’ को स्नेक प्रिभ्यु

कुमार नगरकोटीले आफूले लेखेको जे थर्टी–थ्री पुस्तकको स्नेक प्रिभ्यु गरेका छन् । उनले उक्त पुस्तकमा समेटिएको पृष्ठभूमि, समावेश विषयवस्तुको बारेमा जानकारी दिएका थिए । गाफिक नोभल एउटा पनि नभएको देखेपछि यो पुस्तकको कन्सेप्ट आएको नगरकोटीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->