पोखरा म्याराथनको १८ औं संस्करण भव्यताका साथ सम्पन्न भएको छ । विदेशी खेलाडीको सहभागिता रहेको यो प्रतियोगितामा केन्याली खेलाडीहरु हाबी भए ।
पाका खेलाडीहरुको संस्था भूतपूर्व खेलाडी मञ्चका पूर्वअध्यक्ष खड्गबहादुर रानाभाट स्वयंले म्याराथन दौडे । ७५ वर्षीय रानाभाटले साढे ७ घण्टा दौडेर खेलप्रतिको समर्पण भाव प्रदर्शन गरे । अतिक्रमणको चपेटामा पर्ने आशंकाकै बीच पोखरा रंगशालालाई पर्खालले घेर्ने उद्धेश्य राखेर मञ्चको स्थापना भएको थियो । पोखरा रंगशालामा पर्खाल लगाउने कार्य सम्पन्न भएपछि यसले म्याराथनमा हात हाल्यो । प्रतियोगिता आयोजना गर्नु यत्तिकै
कठीन हुन्छ, अझ म्याराथनमा त झन ठूलो सास्ती व्यहोर्नु पर्छ नै ! जसोतसो मञ्चले खेललाई निरन्तरता दियो । म्याराथनकै माध्यमबाट पोखरालाई चिनाउने संकल्प लियो । यो आफैमा सही र दूरदर्शी निर्णय थियो । संसारका धेरै सहरहरुलाई म्याराथनले चिनाउने गरेको छ । युरोपका केही सहरमा आयोजित म्याराथनमा भागमात्रै लिनुलाई मात्र पनि गर्वको विषय मानिन्छ । म्याराथनकै माध्यमबाट त्यहाँको पर्यटन प्रवद्र्धन गरेका छन् ।
आर्थिक गतिविधि चलायनमान बनाएका छन् । ती सहरहरुको तुलनामा नेपालजस्तो शान्त र स्वच्छ ठाउँ धावकहरुको लागि आकर्षणको केन्द्र बन्न सक्नेमा कुनै द्धिविधा थिएन । त्यही यथार्थता बुझेर मञ्चले म्याराथनलाई निरन्तरता दियो । आफ्नो ठाउँबाट राम्रै प्रचार ग¥यो । अहिले आएर पोखरा म्याराथन देशको सबैभन्दा चर्चित र ठूलो पुरस्कार राशीको प्रतियोगिता बनेको छ । बिस्तारै म्याराथनमा विदेशी खेलाडीहरुले चासो देखाएका छन् । दौडको लागि प्रख्यात अफ्रिकी खेलाडीहरुको निरन्तर सहभागितासँगै यसले अन्तर्राष्ट्रिय स्वरुप ग्रहण गरिसकेको छ । यो पटकदेखि पोखरा महानगरले म्याराथनको संरक्षत्व ग्रहण गरेको छ । जुन सह्रानीय छ ।
म्याराथनलाई राष्ट्रिय पर्व बनाउन सडक सुरक्षा, पर्यावरणको संरक्षण, पुरस्कार राशीमा वृद्धि एवं अन्तर्राष्ट्रिय प्रचार–प्रसारमा ध्यान पु¥याउनै पर्छ । म्याराथनले सम्भावनाको बाटो पहिल्याएको छ । अब त्यो बाटोलाई राजमार्ग बनाउनेतर्फ अगाडि बढ्नुपर्छ ।
