बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नारी शक्तिको सम्मान गरौं

नारी शक्तिको सम्मान गरौं


  • Dhorpatan News
  • फाल्गुन २० २०८०, आइतबार

लोकतन्त्रमा जनतालाई शक्ति मानिन्छ,अध्यात्मले शक्तिको स्रोत अर्कै छ भन्ने मान्यता राख्छ । पूर्वीय संस्कृतिमा शक्तिका स्रोत र प्राप्तिका माध्यमहरु फरक–फरक छन् । योग साधनासँगै स्तुतिबाट पनि शक्ति आर्जन हुने मान्यताबाट निसृत भएको हो । यो स्तुतिले नारीलाई सर्वशक्तिमान शक्तिको रुपमा परिभाषित गरेको छ । दशैंको बेला घरघरमा पाठ गरिने दुर्गा सप्तशती चण्डीले कम्तिमा नारीलाई सर्वशक्तिमान बनाएको छ । ९ दिनसम्म स्तूति गर्ने संस्थाको रुपमा मानेको छ ।

कुनै द्धिविधा छैन, नारी शक्तिको स्रोत हो । आमा, श्रीमती र छोरी तीनवटै रुपका नारीलाई पूर्वीय दर्शनले विशिष्ट सम्मान प्रदान गरेको छ । दुर्भाग्य ! धार्मिक ग्रन्थहरुमा भएका ती मान्यताहरु दैनन्दिन जीवनमा भने कमै मात्र लागु भएका छन् । नारीहरुलाई अपहेलित गर्ने, अनेकौं लाञ्छना लगाउने अनि भोग्याको रुपमा व्यवहार गर्ने मध्यकालीन सोचले नेपाली समाज ग्रसित छ । नारीहरुमाथि दिनहुँ भएका ज्यादति, बलात्कार,बालविवाह, बहुविवाह, एसिड आक्रमण र हत्याले त्यसैको पुष्टि गर्छ । बलात्कारीहरु खुलेआम हिँड्न पाउने अवस्थाले उनीहरुमाथि मनोवैज्ञानिक त्रास सृजना गरेको छ । यसरी हेर्दा,मध्यकालीन बर्बरता कुनै न कुनै रुपमा नेपाली समाजमा देखिन्छ । यो दुर्भाग्यबाट मुक्ति नै वास्तविकतामा नारी मुक्ति हुनुपर्छ÷बन्नुपर्छ । नारीहरु यो वा त्यो बहानामा उनीहरुलाई दासबाट मुक्त गरिनुपर्छ ।

हामी नारी दिवस मनाउन गइरहेका छौं । नेपाले विश्वका सबैजसो दिवसहरु कुनै न कुनै रुपमा मनाउँदै आएको छ । संयुक्त राष्ट्र संघले निर्दिष्ट गरेको दिवस नमनाउने कुरै भएन । तर, यो दिवस मनाइरहँदा जे देखिएको छ र नारी अधिकारको जति वकालत भएको छ, त्यो व्यवहारमा कार्यान्वयनमा आउन सकेको छैन । नेपालको संविधान २०७२ ले समावेशीताको वकालत गरेको छ । संविधानको धारा १८ को समानताको हकमा सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन्, लिङ्गको आधारमा भेदभाव गरिने छैन भनिएको छ । धारा २९ को शोषणविरूद्धको हकमा कसैलाई पनि बेचबिखन गर्न, दास वा बाँधा बनाउन पाइने छैन भनिएको छ । हरेक तहमा महिलाको स्थान सुरक्षित गरिएको छ । तर, त्यो कर्मकाण्डी मात्रै देखिएको छ । करबलले पद दिइए पनि उनीहरुलाई अधिकार दिइएको छैन । सक्षम भएर पनि उपको फुर्को झुण्ड्याउँदै उनीहरुलाई थन्क्याइएको छ । यो उनीहरुमाथिको विभेद नै हो । पछिल्लो समयमा सुधार भएको छ, नारीवादीहरुले अधिकारको लागि पैरवी गरिरहेका छन् तर अपेक्षित सुधार भएको छैन । नारीलाई समानतासँगै स्वतन्त्रता र सक्षमताको बाटोमा डोहो¥याउनेतर्फ राज्यले नै बढी ध्यान दिनुपर्छ । मुख्यकुरा, सोच बदलिनुपर्छ । हरेक दिन नारी दिवस बनाउने काम घरबाटै थाल्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->