बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सुन्य क्षयरोगमा लागौं

सुन्य क्षयरोगमा लागौं


  • Dhorpatan News
  • चैत्र ११ २०८०, आइतबार

आज मार्च २४, विश्व क्षयरोग दिवस ‘हो हामी क्षयरोग अन्त्य गर्छौ’ भन्ने मुल नाराका साथ विश्वभर मनाईदै छ । हरेक बर्षको मार्च २४ मा अन्तराष्ट्रिय क्षयरोग दिवस मनाउने गरिएको छ । क्षयरोग प्राचीन कालदेखि नै मानव समुदायमा रहेको र बिभिन्न रोग तथा संक्रमणका रुपमा यसलाई लिने गरिएको पाइएको छ । क्षयरोग र रेबिज मात्र प्राचीन समयबाटै आजसम्म भएको पाइन्छ । अहिले पनि नेपालमा क्षयरोग जनस्वास्थ्य समस्याको रुपमा रहेको रोग हो ।

मेडिकल बिज्ञानलगायत उपचार पद्धतिको यो उचाईसम्म पुग्दा पनि विश्व जनसख्याको एकतिहाई जनसंख्या क्षयरोगको किटाणुको संक्रमण जोखिममा रहेको तथ्यांकहरु पाइन्छन् । जुन दुखद पक्ष हो । प्रतिबर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन् भने २० लाखको क्षयरोगकै कारणले मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ ।

गण्डकी प्रदेश र त्यसमा पनि बागलुङ जिल्लामा क्षयरोगको तथ्यांक भयावह छ । जिल्लामा चालु आर्थिक बर्षको सुरुवात भएपछि मात्रै ४ जना क्षयरोगका कारण मृत्युको शिकार भए । गत बर्षभरी २ सय ३५ जना क्षयरोगीको पहिचान भएको जिल्लामा चालु आर्थिक बर्षको पहिलो हालसम्म २ सय २६ जनामा यो रोगको पहिचान भएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार लगभग ५० प्रतिशत नेपाली जनसख्या क्षयरोगले ग्रसित पाइएको छ । हरेक बर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरु नेपालमा थपिने र करिब ५ देखि ७ हजार नेपाली क्षयरोगले बर्षेनी ज्यान गुमाएको तथ्यांक छ । क्षयरोगीहरुको उमेर समुह धेरैजसो उत्पादक उमेर समुह अर्थात् १५ देखि ४९ बर्ष हुने गर्दछ । यसको उपचार र जाँच महंगो छ तर सम्भव छ । क्षयरोगलाई जनस्वास्थ्य समस्याको रुपमा हटाउन सकिन्छ, त्यसका लागि सरोकारवालाको ध्यान र लगानी तथा प्रभावित बिरामीको जिम्मेबारी आवश्यक छ ।

लामो उपचार पद्धती भएकाले यो रोगबाट मुक्तिका लागि बिरामी आँफै जिम्मेबार बन्नुपर्छ । एक जनाले दशदेखि पन्ध्र जनालाई सार्न सक्ने भएकाले जोगिनु पर्छ । क्षयरोग कोरोना महामारीभन्दा खतरनाक रोग हो । यसको संक्रमण दर, मृत्यु दर सबै पक्षलाई मध्येनजर गर्दै सन् २०५० सम्ममा सुन्य क्षयरोगी बनाउने अभियानमा सबै सहभागि बनौं । देशभर रहेका रोगीको पहिचान उपचार र जीवनयापनमा सहयोग गरौं । राज्यका निकायले जाँच र उपचार प्रणाली चुस्त बनाओस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->