बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

चट्याङलाई सामान्य नसोचौं

चट्याङलाई सामान्य नसोचौं


  • Dhorpatan News
  • चैत्र १४ २०८०, बुधबार

झण्डै सात महिनादेखि नेपालमा राम्रोसँग बर्षा भएको थिएन् । अघिल्लो मनसुन बाहिरिएसँगै गत असोजदेखिनै बर्षा रोकिएको हो । यो बर्ष हिउँदमा बर्षा भएन । बर्षा नभएका कारण जनजीवनका परेका असरहरु बिस्तारै देखिँदै जानेछन् । नेपालमा चैतदेखि जेठसम्मको समय अत्याधिक चट्याङ पर्नसक्ने समय हो । चैत महिना सुरु भएसँगै प्रिमनसुनको प्रभाव देखिन थालेको छ । बद्ली र बर्षा हुन थालेपछि चट्याङको जोखिम सुरु भएको छ । यो याममा चट्याङका कारण ठूलो जनधनको क्षति हुने गरेको छ । जुन जोखिमबाट गण्डकी प्रदेशका कुनैपनि जिल्ला सुरक्षित छैनन् । चट्याङका कारण हरेक बर्ष धनजनको क्षती भएका समाचार अखबारहरुमा आउने गरेका छन् । अन्य बिपत्का घटनाजस्तै चट्याङ पनि बिपत् हो । यसबाट जोगिन सकिन्छ ।

चट्याङबाट जोगिनका लागि प्रतिरोधी घर निर्माणमा ध्यान दिने हो भने जोखिम धेरै कम हुन्छ । चट्याङ बिहानको समय र दिउँसो ३ देखि ४ बजेको समय पछि बढी पर्छ । यो समयमा सकेसम्म घर बाहिर ननिस्के जोखिम कम हुन्छ । चट्याङ परेको बेला अग्लो ठाउँ वा अग्लो टावरको नजिक बस्ने र अग्लो रुखमुनी ओत नलाग्ने, जमिन र बादलको दूरी कम भईरहने पहाडी भूभागमा विशेष सजग रहने, चट्याङ पर्न थालेको बेला फोन, कम्प्यूटर, टिभी, लुगाधुने मेसिनजस्ता बिद्युतीय उपकरण प्रयोग नगर्ने, धारामा नुहाउने, लुगाधुने भाडा माझ्ने नगर्ने गर्नाले जोखिमबाट बच्न सकिने सूचनाहरु सार्वजनिक छन् । तर सर्वसाधारणमा सचेतनाको कमी, यी सूचनाहरु नपुग्ने र बुझिनेगरी सर्वसाधारणको तहमा नपुग्नाले जोखिम कम गर्न कठिन् भैरहेको छ ।

राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणको एक तथ्यांकका अनुसार विगत ११ महिनामा मुलुकमा २ सय ३६ वटा चट्याङका घटना भएका छन् । ती घटनामा परी ८० को मृत्यु र २ सय २ घाइते भए भने ३ सय ५३ परिवार प्रभावित हुँदा करोडौंको क्षति भयो । चट्याङबाट बच्नका लागि अर्थिङको व्यवस्थापन अर्को महत्वपूर्ण पाटो हो । घर, गाउँ र समुदायलाई जोगाउनका लागि व्यक्ति आँफैले अर्थिङमा ध्यान दिने, सरकारी निकायले ठुलो भुभाग जोगिने गरी अर्थिङको व्यवस्था गर्नाले चट्याङका कारण हुने ठुलो धनजनको क्षती कम हुन सक्छ । मानव जीवनका दैनिक क्रियाकलापमा असर गर्ने तथा ज्यान तथा धनको नै क्षती गर्ने चट्याङका बिषयमा सबै सचेत र सजग रहन जरुरी छ । हामीले अन्य बिपत् तथा महामारीलाई जस्तै चट्याङको जोखिमलाई पनि प्राथमिकताका साथ न्युनिकरण गर्ने योजनामा लाग्नु पर्छ । चट्याङका कारण क्षती भएपछि पछुताउनु भन्दा क्षती नै हुन नदिनेमा ध्यान दिउँ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->