बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अध्ययन र अनुसन्धानका लागि बजेट विनियोजन होस्

अध्ययन र अनुसन्धानका लागि बजेट विनियोजन होस्


  • Dhorpatan News
  • बैशाख १७ २०८१, सोमबार

महावीर पुन आत्मकथा बिक्री गर्ने मेसोमा देश दौदाहा गरिरहेका छन् । पुस्तक बिक्रीबाट प्राप्त रकम आविष्कार केन्द्र संचालनमा खर्चने उनको भनाइ छ । आविष्कार केन्द्रको पोखरामा रहेको कार्यालयमा अहिले पनि अनुसन्धानका काम भइरहेको छ । दैनिक जीवनलाई सहज र सरल बनाउने ती उत्पादनहरुप्रति आम नागरिकको चासो बढेको छ ।

राज्यले अध्ययन र अनुसन्धानको क्षेत्रमा खासै लगानी गरकै छैन । विज्ञान र प्रविधिको क्षेत्रमा अनुसन्धान अगाडि बढाउन ४२ वर्ष अगाडि नास्टको स्थापना भएको हो । तर,यो अवधिमा नास्टबाट उल्लेखनीय कार्य सम्पादन हुन सकेका छैनन् । सरकार स्वयंले. अध्ययन र अनुसन्धानमा चासो नदिँदा नास्ट भुत्ते भएको हो । नाष्टमा अहिले पनि वैज्ञानिक र कर्मचारीका पदहरु पनि रिक्त छन् । हरेक प्रदेशमा विशिष्ठीकृत अनुसन्धान केन्द्र स्थापना गरेको नास्टअन्तर्गत गण्डकी प्रदेशमा पर्वतीय हरित अर्थतन्त्र विशिष्टीकृत अनुसन्धान केन्द्र क्रियाशिल छ । अनुसन्धान एकै दिनमा सम्भव हुने विषय हैन । यसमा मिहिनेत र धैर्यता चाहिन्छ । ठूलो वैज्ञानिक समूहको निरन्तरको खोजले मात्र नयाँ कुरा जन्मन्छ । अर्कोतर्फ, विज्ञान र प्रविधिले त्यो बेला सार्थकता पाउँछ,जब यो जनतासम्म पुग्छ/जनताको जीवनस्तर सरल बनाउँछ । अनुसन्धान उत्पादनसँग जोडिनैपर्छ । उत्पादन बढाउन अनुसन्धान अपरिहार्य हुन्छ । तर, हाम्रा नीति निर्माताले यो सत्यलाई कहिल्यै प्राथमिकता दिएनन् ।

सरकारले दिने ३० करोड हाराहारीको बजेटले गहन अनुसन्धान सम्भव हुँदैन । जुन राष्ट्रले अनुसन्धानमा पैसा खन्याउन सक्छ, त्यही राष्ट्रले संसारमाथि शासन गर्छ । यो प्रमाणित तथ्य हो । प्रमाणित तथ्यलाई नजरअन्दाज गरिनुहुँदैन । विज्ञान र प्रविधिको क्षेत्रमा यथेष्ठ बजेट विनियोजन गरिन्ुपर्छ । योजना र लक्ष्यसहितका अनुसन्धान कार्यक्रम तय गरिनुपर्छ । यो अभियानमा अनुसन्धान संस्था पनि उत्तिकै जिम्मेवार बन्न जरुरी हुन्छ । नेपाली वैज्ञानिकहरुले अनुसन्धानको मुख्य थलो सिलिकन भ्यालीमा काम गर्ने हैसियत बनाएका छन् । परम्परागत ज्ञानलाई आधुनिकसँग जोड्न सकिने सम्भावना पनि हामीसँग उत्तिकै छ ।

महावीरकै कुरा गर्दा उनले म्याग्दीका गाउँहरुमा बेतारे इन्टरनेट पु¥याएकै हुन् । उनी अहिले दैनिक जीवनलाई सरल बनाउने र तुलनात्मक सस्ता सामग्री निर्माणमा जुटेका छन् । उनीजस्ता अभियन्ताहरुलाई निरुत्साहित गर्न हुँदैन । अध्ययन र अनुसन्धानको लागि राज्यले पर्याप्त बजेट विनियोजन गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->