बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अस्पतालको गरिमा जोगाऔ

अस्पतालको गरिमा जोगाऔ


  • Dhorpatan News
  • बैशाख १८ २०८१, मंगलबार

धौलागिरी अस्पतालमा केही समयदेखि व्यवस्थापन समिति र चिकित्सक बिबाद चर्केको छ । सैद्धान्तिक रुपमा बिबाद हुनु नौलो कुरा होइन, कुनैपनि संस्थाको बिकास गर्न र संस्थालाई चलायमान बनाउन बाद बिबाद, तर्क बितर्क हुनुनै पर्छ । तर जव तर्कबितर्क छाडेर जिम्मेवार व्यक्तिले हात हालाहालको स्थिति आउँछ, त्यो भने निकै लज्जास्पद कुरा हो । अझै व्यवस्थापन समितिले अस्पतालमा बसेर निरन्तर सेवा गरिरहेका चिकित्सकलाई हातपात गर्ने काम निन्दनीय छ । समिति भनेको स्वभाविक रुपमा प्रशासनमा कर्मचारी हेरफेर गर्ने, आवस्यक नभएको अबस्था भए सरुवा गर्ने र आफ्नै अनुकुलका कर्मचारी राख्न पाउने अधिकार राख्छ । तर आफ्ना मातहतका कर्मचारीको कामको प्रसंसा गर्ने, बाहिर अस्पतालको राम्रो सन्देश दिने काममा खटिनुपर्नेहरुनै हातपातमा उत्रने काम लज्जास्पद हो ।

कर्मचारीहरु फरक क्षेत्रबाट काम गर्न आएका छन् । लामो समय सम्म सेवा विहिन भएको सन्देश गइरहेको धौलागिरि अस्पताल पछिल्लो समय निकै राम्रो बनेको थियो । दर्जनबढी बिशेषज्ञहरु बसेर सेवा गरिरहेका छन् । जसको कारण ३ सय ५० बढी बिरामीले दैनिक सेवा पाइरहेका छन् । जिल्ला मात्र नभइ धौलागिरि क्षेत्रका नागरिकप्रति अस्पतालको गरिमा र विश्वास बढाएको छ । यो अबस्थामा लाई अझै सुधारको मार्गमा लैजानुपर्ने जिम्मा पाएको व्यवस्थापन समितिबाटै चिकित्सकहरु जोखिममा पर्ने काम निकै लज्जास्पद हो ।

डिस्पेन्सरीबाट प्रादेशिक अस्पताल सम्म आइपुग्दा यहाँ धेरै उतारचढावहरु आएका छन् । हावाहुरीबाट नढलेको अस्पताल आफ्ना निहित स्वार्थका कारण ढल्ने अबस्था आउन हुदैन । किनकी मेडिकल कलेज सम्मको सपना बनाएर अगाडि बढेको अस्पतालको सामुहिक लक्ष हुनु आवस्यक छ । लक्ष प्राप्तीकालागि सबै मिलेर काम गर्नुपर्ने बेलामा एक आपसमा लड्ने भिड्ने, कुट्ने पिट्ने अर्कमन्यता देखाउने कामले जिल्लाकै भविष्य अन्यौल छ ।

बागलुङको भविष्यको रुपमा धौलागिरि अस्पताल र धौलागिरि बहुमुखी क्याम्पस छ । यी दुइ संस्थाको गरिमा कायम राख्न सकियो भने मात्र जिल्लाको गरिमा जोगाउन सकिन्छ । यो कुरा अब सबैले बुझ्न जरुरी छ । अस्पतालको क्षमता बढ्दैछ । करोडौको संरचना र उपकरण भित्रिदै छन् । २ सय बेड बन्दैछ । गण्डकी प्रदेश सरकारले त यो अस्पताललाई दोश्रो संस्थाको रुपमा राखेको छ । त्यो अबस्थाप्रति जिल्लाबासी गम्भीर बन्नुपछ । नत्र पहुचवाला नेताहरु अन्य जिल्लामा छन् तरपनि यहाँ पाएको अबसर सुरक्षित बनाउनुपर्छ । किनकी यस्ता सरकारी संरचना बनिसकेको क्षेत्रमा थप व्यवस्थित बनाउने काममा लाग्नुपर्छ ।

यदी कर्मचारी प्रति गुनासो हो भने व्यवस्थापन समितिले सबै कुरा बुझ्न पाउँछन् । नीतिगत रुपमा कतिपय कमी कमजोरी सच्याउने अबसर र अधिकार समेत छ । त्यस्तो कुरा नबुझी हतोत्साही बनाउने काम रोकिनुपर्छ । बरु यस्ता घटनामा संलग्नलाई सबैले कारवाहीको दायरामा ल्याएर भोलीका दिनमा सबै नागरिक भौतिक रुपमा सुरक्षित बन्ने अबस र सिर्जना गर्नुपर्ने हुन्छ । नत्र हाम्रा गौरवका संरचना समेत ध्वस्त हुने खतरामा छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->