बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

दल विभाजन र अवसरवाद

दल विभाजन र अवसरवाद


  • Dhorpatan News
  • बैशाख २४ २०८१, सोमबार

केही समयअघि डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी ( नेसपा) चोइटियो । एउटा पक्षले माओवादी केन्द्र रोजेपछि अध्यक्ष भट्टराईले त्यसलाई अवसरवादको संज्ञा दिए । अहिले जनता समाजवादी पार्टी ( जसपा) विभाजनको डिलमा पुगेको छ । नेता अशोक राईले १२ मध्ये ७ सांसदको हस्ताक्षरसहित नयाँ पार्टी गठनको लागि निर्वाचन आयोगमा निवेदन दिएसँगै यो पार्टीमा फुट निश्चित भएको हो । अध्यक्ष उपेन्द्र यादव विदेश रहेका बेला नयाँ पार्टी दर्ता गर्न खोज्नुको मक्सद के हो समयक्रमले प्रष्ट पार्ला तर तत्कालको लागि भने सत्ता र शक्तिको आशक्ति नै विभाजनको कारक देखिएको छ ।

नेपाली कांंग्रेस–माओवादी केन्दसहितको गठबन्धन भत्केर बनेको नयाँ गठबन्धन भत्काउने अनेकौं प्रयत्नहरु भएका खबरहरु बाहिर आइरहेका छन् । सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवलाई लिएर कांग्रेसले नयाँ गठबन्धन बनाउन लागेको चर्चा चलिरहेको छ । नेता नेपाल र यादव नयाँ गठबन्धनप्रति त्यति सकारात्मक पनि देखिएका थिएनन् । यी दुई पार्टीले समर्थन फिर्ता गरे वर्तमान गठबन्धन धरापमा पर्ने अवस्था पनि थियो । तर, यस्तैमा जसपा फुटेको छ । जसपाका नेता राजेन्द्र श्रेष्ठले उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिन खोजेपछि नयाँ पार्टी खोल्नु परेको जिकिर गरेका छन् । उनको कुरा पत्याउने हो भने, सत्ताको सुखभोग गर्ने चाहनाले नयाँ गठबन्धन बनाउन तम्सिएका र अहिलेको गठबन्धनमै रहेकाहरुबीचको बेमेलले पार्टी फुटेको हो । तर, अहिलेको सरकारमा उपप्रधानमन्त्री रहेका उपेन्द्रले किन नयाँ गठबन्धन बनाउन खोजे भन्ने उनले प्रष्ट पारेका छैनन् । यसले फुटभित्रका अन्तर्य अर्कै हुनसक्ने आशंकालाई वल प्ु¥याएको छ ।

नेपालमा राजनीतिक दलहरुको फुटको इतिहास लामो छ । कम्युनिष्ट र मधेशवादी दलहरुमा यो प्रवृत्ति झन ज्यादा छ । ती फुटहरु सैद्धान्तिक कारणले भन्दा पनि सत्ता र पदका लागि नै भएको घटनाक्रमले पुष्टि गरिसकेका छन् । एकले अर्काको अस्तित्व अस्वीकार गर्ने,आफूलाई सधैँ केन्द्रमा राख्दा पनि विभाजनहरु भएका छन् । विभाजनको औचित्य पुष्टि गर्न अनेकौं तर्क गरे पनि त्यसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको चलखेलले पनि काम गर्ने गरेको छ ।, २०७४ सालमा एमाले र माओवादी मिलाउँदा होस् वा यसअघि मधेशवादी दल फुटाउँदा नै किन नहोस् ती शक्तिहरुले देख्ने गरी यहाँको राजनीतिमा हात हालेकै हुन् । र, विदेशीलाई नेपाली राजनीतिमा चलखेल गर्ने मौका भने यहाँकै दलहरुले प्रदान गरेका हुन् । जुन सर्वथा गलत छ । दलहरु बलियो भएमात्र लोकतन्त्र बलियो हुन्छ । तर, नेपालमा भने उल्टो भइरहेको छ । फुटले शक्ति क्षीण गरायो भन्नेहरु नै पुनः फुट्दै जाँदा अवसरवाद हाबी भएको छ । नैतिकता नासिएको छ । जसले गर्दा राजनीतिक दलहरुप्रति नै अनास्था फैलाउनेहरुलाई लाभ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->