बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखराका ‘स्पा’बाट ५ बालिकाको उद्दार

पोखराका ‘स्पा’बाट ५ बालिकाको उद्दार


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३ २०८१, बिहिबार

पोखरा/कास्की प्रहरीले पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा स्पा (मसाज सेण्टर) बाट ५ जना बालिकाहरुको उद्दार गरेको छ ।
मसाज सेण्टरमा नाबालिकाहरुलाई यौनधन्दामा लगाइने गरेको उजुरीपछि बुधबार कास्की प्रहरीले पोखरा महानगरपालिका सामाजिक महाशाखा र शक्ति समूह नेपालसहित ५ वटा मसाज सेण्टरको अनुगमन गरेको थियो ।
अनुगमनको क्रममा सेण्टर प्वाइन्ट नामक स्पाबाट २, हिमालय स्पा, प्यारामाउण्ट स्पा र न्यूभिजन स्पाबाट एक–एक जना गरी ५ जना १८ वर्षभन्दा तलका बालिकाको उद्दार गरिएको कास्की प्रहरीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । अनुगमन गरिएको अर्को एक स्पामा भने बालिका नरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->