पोखरा/ सरकारले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेले आज शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै २ जिल्लाका सीडीयोमा नयाँ सहसचिव पठाएका हुन भने अर्को एक सिडियोलाई सरुवा गरेका हुन् ।
हेरफेर अनुसार गृहमन्त्रालयका सहसचिवद्वय नेत्रप्रसाद सुवेदी र केदारनाथ शर्मालाई क्रमशः बागलुङ र पर्वतको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । बाग्लुङका प्रजिअ खगेन्द्रप्रसाद रिजालको बाँकेमा सरुवा गरिएको छ ।





