
पोखरा/ कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समितिमार्फत समाधान हुदाँ अदालतमा मुुद्धाको भार घटेको बताएका छन । पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा सञ्चालित ३ दिने मेलमिलापकर्ताका लागि सञ्चालित पुुनर्ताजगी तालिमको आज समापन गर्दै उनले महानगरको न्यायिक समितिको सक्रियताले विवाद समाधानमा सहजता भएको र अदालतमा मुुद्धाको चाप घटेको बताएका हुन । विवादको समाधानकालागि महानगर न्यायिक समितिले गरिहेको काम राम्रो रहेको बताउदै उनले यसलाई निरन्तरता दिन आग्रह गरे ।
विवाद समाधानमा मेलमिलापकर्ताको भुमिका महत्वपूर्ण रहने भएकाले पुुनर्ताजगी तालिमले सहजता प्रदान गर्ने विश्वास दाहालले ब्यक्त गरे । विवाद समाधानको उपयुुक्त माध्यम मेलमिलाप रहेको बताउदै मेलमिलाप मार्फत दुवै पक्षले जित्ने र समाजमा आपसी सद्भाव कायम हुने उनको भनाई थियो । मेलमिलापकर्ता अदालतकै सहयोगीका रुपमा रहेको समेत उनले बताए ।
कार्यक्रममा न्यायिक समिति सदस्य कालिदास पोखरेलले टुुट्न लागेको सम्बन्धलाई मेलमिलापको धागोले सिलाउने काम मेलमिलापकर्ताले गरेको बताउदै तालिमले विवाद समाधानमा थप उत्कृष्टता प्रदान गर्ने विश्वास गरेको बताए । मेलमिलापकर्ताद्वय सविता भण्डारी, सुदिप प्रधानाङ्गले तालिमले मेलमिलापमा सहजता प्रदान गरेको र सिकेको विषयलाई व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
तालिममा पोखरा महानगरका १ देखि १८ नम्वर वडाका मेलमिलापकर्ताको सहभागीता रहेको थियो । तालिममा सहभागीहरुलाई प्रमुख अतिथि न्यायाधीस नवराज दाहाल, पोखरा महानगरपालिका कार्यबाहक मेयर मञ्जुुदेवी गुुरुङ, न्यायिक समिति सदस्यद्वय कालिदास पोखरेल र रजनी परियारले प्रमाणपत्र वितरण गरे ।





