बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

फेवासिटी अस्पतालका संस्थापक गुरुङको निधन

फेवासिटी अस्पतालका संस्थापक गुरुङको निधन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ९ २०८१, बुधबार

पोखरा/ फेवासिटी अस्पताल एण्ड रिसर्च सेण्टर प्रालिका संस्थापक चेतबहादुर गुरुङको बुधवार निधन भएको छ । निमोनियाबाट ग्रसित गुरुङको भारतको नयाँदिल्लीस्थित फोर्डिज अस्पतालमा निधन भएको हो । उनको मृगौला फेल भएर केही अघि प्रत्यारोपण गरिएको थियो ।

२०१६ सालमा गुल्मीको गैढुंगामा जन्मिएका गुरुङ हाल पोखरा १० रामघाट निवासी हुन् । उनका श्रीमती र तीन छोरी छन ।

गुरुङले पश्चिमाञ्चल क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्रमुख भएर ३० वर्ष काम गरेका थिए । गुरुङ हाल फेवा एमआरआइका अध्यक्ष हुन् भने रोटरी क्लब अफ अन्नपूर्णमा आवद्ध थिए । गुरुङ संस्थापक भएर पोखरामा युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) सञ्चालनमा आएको थियो । गुरुङको शव शुक्रबार मात्रै पोखरा ल्याएर अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->