बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एक वर्षमा ५८७ उजुरी, सात करोड बढी ठगी

एक वर्षमा ५८७ उजुरी, सात करोड बढी ठगी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०८१, बिहिबार

पोखरा/पोखराकी सुमिना रसाइलीले इन्स्टाग्राममा निकै राम्रो कुर्था देखिन् । क्लोथ स्टोर २.० भन्ने पेजले आकर्षक कुर्था १ हजार ८५० रुपैयाँमा आउने भन्दै भिडियो राखेको थियो । सुमिनाले उक्त कुर्था अर्डर गरिन । डेलिभरि अगावै कुर्थाको रकम तिर्नुपर्ने भनेपछि उनले अनलाइनबाटै रकम तिरिन् ।
घटना गत शुक्रबारको हो । शुक्रबार उनले अनलाइबाटै सपिङ गरेको कर्ता शनिबारसम्म नआएपछि ठगीमा परेको थाहा पाइन् ।
‘इन्स्टाग्रामै क्लोथ (कपडा) स्टोर रहेछ । क्लोथ स्टोर २.० । त्यहाँ नम्बरपनि थियो ह्वाट्स एपको मैले ह्वाट्सएपमा मेसेज गरेँ । उहाँहरुले सबै सोध्नुभयो । कपडाको साइजदेखि सबै । डेलिभरि भएपछि सामान लिनुअघि नै पे गर्नुपर्ने भनेपछि । सामान पाँच ६ बजे आउँछ भनेपछि कु¥यौँ तर समयमा आएन,’ उनले भनिन्, ‘फोन पनि लागेन । ह्वाट्सएपमा अनलाइन देखिन्छ । नम्बरमा फोन गर्दा लाग्दैन ।’
उनीहरुले शनिबारसम्म कुरे । तर, सामान आएन । पसल खोज्दा भेटिएन । कास्कीमा पछिल्लो समय यस्ता अनलाइन ठगीका घटना बढ्दो छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा कास्कीमा मात्रै पाँच सय ८७ अनलाइन ठगीको उजुरी परेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन कुमार थापाका अनुसार कास्की प्रहरीमा दिनमै पाँच सात जना अनलाइन ठगीको गुनासो लिएर आउने गरेका छन् ।
५८७ उजुरी दर्ता हुँदा सात करोड ६१ लाख बराबर रकम ठगी भएको एसपी थापा बताउछन् । उक्त मुद्दामा प्रहरीले एक करोड ३७ लाख रुपैयाँ मात्र पीडितलाई फिर्ता दिलाउन सफल भएका छन् ।
अनलाइन ठगी प्रहरीका लागि चुनौतीपूर्ण सावित भएको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोग र विभिन्न प्रलोभनमा पार्ने किसिमका ठगीका मुख्य व्यक्तिसम्म प्रहरी पुग्न सकिरहेको छैन । यो कुरामा एसपी थापा पनि सहमत छन् । ‘अनलाइन ठगीमा मुख्य व्यक्ति पक्राउ गर्न एकदमै मुस्किल छ । आफ्नो परिचय लुकाएको हुन्छ, खाता पनि सकभर अर्कैको हुन्छ,’ उनले भने, ‘यहाँ पीडितकै प्रयोग समेत हुन्छ । पीडितकै खाताको प्रयोग हुने गरेको छ । ओटीटीपी कोड मागेर खाता ह्याक गरेको पनि पाउछौं ।’ एसपी थापाका अनुसार विभिन्न एपहरुमार्फत् ठगी हुँदै आइरहेको छ । अनलाइन ठगीमात्र होइन हुन्डी कारोबारमा समेत मानिसहरु ठगीन थालेका छन् । विदेशबाट हुन्डी कारोबारबाट रकम नेपाल पठाउँदा व्यक्तिले बीचमै ठगी गर्ने गरेका छन् ।
सामाजिक सञ्जालमा आउने आकर्षक र प्रलोभनमा पार्ने कुनै पनि क्रियाकलापमा सहभागी नहुन थापा आग्रह गर्छन् । उनका अनुसार अनलाइनमा विभिन्न सामान देखाउने तर नल्याउने, चिठ्ठा प¥यो भन्दै रकम जम्मा गर्न लगाउने तथा ओटीपी कोड मागेर बैंक खाता ह्याक गरेर ठगी गर्दै आइरहेको एसपी थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->