
पोखरा/पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले न्याय निरुपणका हिसावले पोखरा महानगरपालिकाको न्यायिक समिति उत्कृष्ट रहेको बताएका छन् ।
पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा बुधबारदेखि सञ्चालित मेलमिलापकर्ताका लागि सञ्चालित पुुनर्ताजगी तालिमको उद्घाटन गर्दै उनले भने,‘न्याय सम्पादन निरुपण गर्न दिएको काममा राम्रो कार्यसम्पादन गरेको स्थानीय तहका रुपमा स्थापित भएको छ । महानगरमा आउने क्षेत्राधिकारभित्रका विवाद र समस्यालाई न्यायिक समितिले निरुपण गरेका हकमा अदालतबाट पनि सुरु समितिकै निर्णय सदर भएका छन् । यसले गदाँ यहाँको न्यायिक समिति उत्कृष्ट ठहरिएको छ ।’
मेयर आचार्यले न्यायिक समितिमा थुप्रै समस्या आएका छैनन । त्यो नआओस भन्नका लागि वडा तहमा मेलमिलाप केन्द्र स्थापना गरिएको बताए ।
पोखरा महानगरपालिकाका उपमेयर एवं न्यायिक समितिका संयोजक मञ्जुुदेवी गुुरुङले विवाद समाधानको उपयुक्त उपाय भएको बताइन् ।





