बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

जबरजस्ती करणी मुद्दामा फरार पक्राउ

जबरजस्ती करणी मुद्दामा फरार पक्राउ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०८१, बिहिबार

पोखरा/जबरजस्ती करणी मुद्धामा कैद र जरीवाना तोकिएपछि फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं. ३ धारापानी बस्ने ३७ वर्षीय बिपिन भन्ने केशव सुनारलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी ‍टोलीले मिति विहीबार नौडाँडाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माका अनुसार कास्की जिल्ला अदालतको मिति २०७९।१०।१० गतेको फैसलाले जबरजस्ती करणी सम्बन्धी मुद्दामा सुनारलाई ११ महिना ८ दिन कैद सजाय, १५ हजार रुपैयाँ जरीवाना र पीडित राहत कोषमा ४ सय रुपैयाँ तोकेको थियो । त्यसपछि सुनार फरार रहेका थिए । सुनारका बारेमा आवस्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->