पोखरा/ पोखराको लेकसाइडस्थित विभिन्न स्पा (मसाज सेन्टर) मा कार्यरत ५ बालिकाहरुको शुक्रबार उद्धार गरिएको छ । मसाज सेन्टरमा बालिकाहरुलाई काममा लगाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका सामाजिक महाशाखा, राष्ट्रिय बाल अधिकार परिषद् र शक्ति समुह नेपाल संस्थाबाट खटिएको संयुक्त अनुगमन टोलीले उनीहरुको उद्धार गरेको हो । यसअघि पनि लेकसाइडका विभिन्न मसाज सेन्टरबाट ६ बालिकाको उद्धार गरिएको थियो ।
अनुगमन टोलीले शुक्रबार १५ वटा मसाज सेन्टरको अनुगमन गरेको थियो । पीडित वालिकाहरुलाई उद्दार गरी थप अनुसन्धान कार्य भइरहेको कास्की प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १५ मध्ये नेक्टर इको फुट स्पाबाट ३ जना, पन्चासे स्पा एन्ड पार्लरबाट एक जना र नमस्ते वेलनेस स्पाबाट १ गरी ५ बालिकाको उद्धार गरिएको हो ।





