पोखरा/ सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) नेपाल, जिल्ला समिति कास्कीको चौथो साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै सुकल्पका केन्द्रीय कुलाधिपति देवीप्रसाद सुवेदीले यो सुबेदी बन्धुहरुको संगठन भएकाले एकापसमा भाइचाराको सम्बन्ध बिकास हुदै गएको बताए । देशभर छरिएर रहेका सुवेदीहरु सुकल्पका कारण एकजुट हुदै गएको भन्दै उनले अब रचनात्मक कामतिर ध्यान दिनुपर्ने बेला आएको बताए । समयअनुसार सामाजिक कुराहरु पनि परिवर्तन हुदै जाने भन्दै उनले सुबेदीले गर्ने कुलपूजा बिधिलगायत अन्य संस्कार पनि समयअनुसार परिस्कृत हुदै जाने जनाए ।
कार्यक्रममा केन्द्रीय उपकुलाधिपति जगतप्रसाद सुवेदी, केन्द्रीय सल्लाहकार चक्रपाणी सुवेदी, केन्द्रीय सदस्य एवं प्रदेश कुलरक्षक कृष्णकुमारी सुवेदी, केन्द्रीय सदस्य ईन्दीरा सुवेदी, आनन्द सुवेदी, डा. खरीका सुवेदी, कुलपुजा समिति अध्यक्ष बेदप्रसाद सुवेदी, ईकाई समितिबाट बैकुन्ठ सुवेदीलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
सुकल्प कास्कीका अध्यक्ष डा. अनील सुवेदीले भारद्वाज गोत्रीय बन्धुबीच आपसी सद्भाव, एकता, सुबेदी बंशको उत्थान, संस्कार, परम्परा र पहिचान गर्ने उद्देश्यले सुकल्प स्थापित भएको बताए । साधारणसभाले अध्यक्ष सुवेदीको सांगठनिक र कोषाध्यक्ष भीमप्रसाद सुबेदीको आर्थिक प्रतिवेदन पारित गरेको थियो । कार्यक्रम सुकल्प कास्कीका सचिव महेन्द्र सुवेदीले गरेका थिए





