पोखरा / गोरखाकी पूर्णिमा श्रेष्ठले १३ दिनको बीचमा ३ पटक सगरमाथाको सफल आरोहण गर्दै एकै सिजनामा ३ पटक आरोहरण गर्ने पहिलो महिलाको विश्व कीर्तिमान बनाउन सफल भएकी छन ।
‘एटके एस्क्पिडिसनका सञ्चालक पेम्पा शेर्पाका अनुसार पूर्णिमाले शनिबार बिहान ५ बजेर ५० मिनेटको समयमा तेस्रोपटक सगरमाथाको सफल आरोहण गरेकी हुन् । यसअघि ६ जेठ र ३० वैशाखमा उनी चुलीमा पुगेकी थिइन् ।
योसंगै श्रेष्ठको सगरमाथाको सफल आरोहणको चौथो हो । उनले ८ वर्षयता हिमाल आरोहण गर्दै आएकी छिन् । सगरमाथासहित केटु, ल्होत्से, मकालु, कञ्चनजंगा, धौलागिरि र अन्नपूर्ण हिमाल आरोहण गरेकी पूर्णिमाले मनास्लु दुईपटक आरोहण गरेकी छिन् ।





