बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बस्ती जोगाउने तयारी गर

बस्ती जोगाउने तयारी गर


  • Dhorpatan News
  • जेष्ठ १४ २०८१, सोमबार

वर्षअघि बागलुङको जैमिनी नगरपालिका १, वडार गाउँसहितका बस्तीहरु पहिरोको चपेटामा परेको छन् । योजनाविहीन तरिकाले सडक निर्माण गरियो अवस्था आएको हो । जैमिनी १ कुश्मीशेरा र बागलुङ नगरपालिका ११ रायडाँडा जोड्ने सडकले गाउँ नै पहिरोको जोखिममा पारेपछि त्यहाँबाट बसाइँ सरिसके । जो गाउँमा बसेका छन्, उनीहरु पनि त्राहित्राहि छन् । दुई वर्षअघिको पहिरोले नै बागलुङ ११ मा रहेको रामतोलामा पहिरो खस्यो । त्यसले सँगै जोडिएको वडार गाउँलाई पनि प्रभावित भएका थिए । यी त उदाहरणमात्र हुन्, बर्खा लाग्नै लागेको छ । यस्तो समस्या देशका कयौँ गाउँमा देखिएको छ । बागलुङ पहिरोको उच्च जोखिममा रहेको जिल्लामै पर्छ । गण्डकीका पर्वत, स्याङ्जा र तनहुँ पनि पहिरोको जोखिममा रहेका २२ वटा जिल्लाभित्र नै पर्छ । नेपालका ३२ जिल्ला पहिरोको उच्च जोखिममा रहेको एक प्रतिवेदनले औंल्याएको छ । जथाभावी सडक निर्माण, प्राकृतिक स्रोतको अति दोहन, अवैज्ञानिक भू–उपयोग,कमजोर र भिरालो जमिन नै जोखिमका कारक हुन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रकोप वृद्धिसम्बन्धी प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्याको २.५ प्रतिशत पहिरोको उच्च र ३ प्रतिशत उच्च जोखिममा रहेका छन् । मनसुन सुरु भएको छैन तर मनसुनका कारण जोखिममा रहेका जिल्लाहरुमा जनधनको क्षति हुने सम्भावना झन बढेको छ । किनकि, दोहनका घटनामा बढोत्तरी भएको छ भने जलवायु परिवर्तनले अतिवृष्टिको सम्भावना पनि उस्तै बढेर गएको छ । बाढीको जोखिम पनि उत्तिकै छ ।
विपद्को जोखिमबाट नागरिकलाई बचाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण त छ तर यसको काम प्रभावकारी हुन सकेको छैन । हिउँदभर सुतेर बस्ने, समस्याको जड पत्ता लगाएर निदान नखोज्ने प्रवृृत्ति हाबी छ । अर्कोतर्फ, विपद्, खोज, उद्धार कार्य र राहत वितरणका लागि केन्द्रीय विपद् व्यवस्थापन कोषमा ६ अर्बभन्दा बढी रकम छ । प्रधानमन्त्री दैवी प्रकोप सहायतासहित जिल्लाका विपद् व्यवस्थापन कोषमा रहेको रकम पनि सानो छैन । तर, त्यसको समुचित उपयोग हुन सकेको छैन ।
नागरिकलाई जोखिमबाट मुक्त गराउनु र जनधनको क्षति नहुने अवस्था सिर्जना गर्नु राज्यको दायित्व हो । त्यतिबेलामात्र यो दायित्व बहन गरेको मानिन्छ,जतिबेला पहिरो र बाढी नियन्त्रणको लागि प्रभावकारी काम हुन्छ । त्यस्तो कामको लागि विकासे मन्त्रालयदेखि तालुकदार अड्ढाहरुले बीच समन्वय र सहकार्य पनि जरुरी छछ । मुख्य कुरा, नागरिकलाई प्रकोपबाट बचाउनु छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->