पोखरा/कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा महिलाहरुमाथि अभद्र व्यवहार गर्ने तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अन्नपूर्ण गाउँपालिका ३, घान्द्रुकमा रहेको अन्नपूर्ण गेष्ट हाउस तथा रेष्टुरेण्टमा पुगेका पर्यटकमाथि हातपात गरेको अभियोगमा प्रहरीले बागलुङ जैमिनी नगरपालिका ८ बस्ने २८ वर्षीय भीम थापा, २९ वर्षीय डोलराज पौडेल तथा तेज हमाललाई पक्राउ गरेको हो ।
निजहरुले परिवारसहित त्यहाँ पुगेका र रमाइलो गरिरहेका महिलाहरुलाई नाच्न लगाइ अभद्र व्यवहार गरेका थिए । होटल संचालकले सम्झाउँदा उनीहरुले उल्टै संचालक र कर्मचारीमाथि हातपात गरी घाइते बनाएको पनि पनि प्रहरीको भनाइ छ ।
प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक, हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत अभद्र व्यवहारसम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरी प्रवक्ता डीएपी वसन्तकुमार शर्माले जानकारी दिए ।





