सरस्वती पहारीले पोखरा महानगरपालिका समेत गरी ५ विरुद्ध सिमसारमा रहेको आफ्नो जग्गामा माटो पुर्न पाउ भनि निवेदन दिएकी थिइन् ।
०८० फागुन २९ गते उच्च अदालतमा न्यायाधीश मिलन कुमार राईले जग्गा माटो पुर्ने घेरावेरा पर्खाल लगाउने काममा महानगरलाई कुनै अवरोध नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको थियो ।
अटेरी व्यवसायी युवराज खतिवडाले एक रोपनी बराबर पाँच लाख रुपैयाँ लिदैँ सिमसार पुर्दै आइरहेका छन् । सरस्वतीको जग्गा पुर्ने जिम्मा पनि खतिवडाकै थियो ।
उनले उक्त जग्गा पुर्दै गर्दा पोखरा महानगरपालिकाले पटक–पटक डोजर, टिपर नियन्त्रणमा समेत लिएको थियो । खतिवडाको टिपर र डोजर कारवाहिमा परेपनि सरस्वती अदालत पुगेकी थिइन् ।