बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

प्रदेश सभा बैठक स्थगीत

प्रदेश सभा बैठक स्थगीत


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०८१, मंगलबार

पोखरा/ गण्डकी प्रदेश सभाको आज मंगलबार बस्ने भनिएको बैठक स्थगीत भएको छ । प्रदेश सभा सचिवालयले मंगलबार बिहान सूचना जारी गरी दिउँसो १ बजे बस्ने भनिएको बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगीत भएको जनाएको हो ।

बैठकमा बजेटको प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्ने कार्यसूची थियो । सामान्य अवस्थामा बजेट पेस हुनुभन्दा १५ दिन अगावै बजेटको प्राथमिकता र सिद्धान्त प्रदेश सभामा पेश गर्नुपर्छ । प्रदेशको बजेट असार १ गते ल्याउनुपर्ने प्रावधान छ । तर राजनीतिक उथलपुथलले प्रदेशको बजेट अलपत्र परेको छ ।

वैशाख २३ मा मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै परेको रिटमा सर्वोच्चले सोमबार फैसला गर्दै अधिकारीलाई पदमुक्त र कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई ४८ घन्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->