बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

दशनामी समाजको उत्थानमा क्रियाशिल हुन आग्रह

दशनामी समाजको उत्थानमा क्रियाशिल हुन आग्रह


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १६ २०८१, बुधबार

पोखरा/ आफनो संस्कार, संस्कृति संरक्षण तथा दशनामी समाजको उत्थानमा क्रियाशिल हुन नेपाल दशनामी समाज कास्कीलाई सुुझाव दिइएको छ । नेपाल दशनामी समाज कास्कीले पोखरामा बुधवार आयोजना गरेको छलफल तथा अन्तरक्रियाका सहभागीले संस्थाले समुदायको हितमा क्रियाशिल हुदैँ मौलिक संस्कार, संस्कृति संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्दै जर्गेना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथि समाजका ज्येष्ठ सदस्य केदार गिरीले पूर्खाहरुको इतिहासलाई भुुल्न नहुने बताए । आफनो संस्कार,संस्कृति के थियो भन्ने बारेमा जानकारी लिनुपर्ने र त्यसलाई आत्मसाथ गर्दै अगाडि बढनुपर्नेमा उनको जोड थियो । ‘बाबुबाजेले गर्दै आएको संस्कारलाई आत्मसाथ गर्दै नयाँ पुुस्तामा पुुस्तान्तण गर्नुुपर्छ’ उनले भने, ‘दशनामी ब्राहमणका पनि गुुरु हुन् भन्ने अग्रजबाट सुन्दै आएको हुुँ । जातीय संस्थाको आवश्यकता पछिल्लो समय महसुुस गरिए स्थापना गरिएको हो । संस्थाले सबैलाई समेटेर जानसके मात्रै सफल हुन्छ ।’ उनले विज्ञहरुलाई सहभागी गराएर संस्कार र संस्कृतिका बारेमा जानकारी गराउन प्रशिक्षण लगायतका कार्यक्रम गर्नुुपर्ने सुझाए ।

दशनामी समाजका वरिष्ठ उपाध्यक्ष तारा गिरीले दशनामी समाजमा समस्या रहेकोमा अहिले समाजको केन्द्रीय कार्यालयले धेरै काम गरेको बताउदै समावेशी आयोगमा समेत दशनामीले ज्ञापनपत्र बुुझाइए जानकारी दिए । दशनामी कास्कीका पूर्वअध्यक्ष रमेश गिरीले कास्कीले अगुुवाई गरेर सबैलाई एकताबद्ध गरेर जानुपर्नेमा जोड दिए । दशनामी र सन्यासी एकै हौ भन्नेबारे अन्यौल रहेको बताउदै यस विषयमा स्पष्ट हुुनुपर्ने उनले बताए । ‘सबैको चाहना कास्कीले नयाँ कार्यको सुुरुवात गर्नुुपर्छ’ उनले भने, ‘समाजको आवश्यकता र संगठित हुुनुपर्नाको कारणलाई पुष्टि गर्ने गरि काम गर्नुुपर्छ । संगठनलाई सबल बनाउनुपर्छ ।’

दशनामी समाज कास्कीका अध्यक्ष भुपेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा भुुपेन्द्र गिरी, दशनामी समाज स्याङजाका सल्लाहाकार कपिल गिरी, दशनामी समाजका सचिव बोधराज गिरी, दशनामी समाज कास्कीका कोषाध्यक्ष सुनिता गिरी, गोविन्द गिरी, समाज कास्कीका प्रथम उपाध्यक्ष भरत गिरी, अरुण गिरी, पत्रकार एकराज गिरी लगायतले दशनामी समाजलाई सक्रिय रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->