बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पाण्डे मुख्यमन्त्रीमा नियुक्त, आजै सपथ

पाण्डे मुख्यमन्त्रीमा नियुक्त, आजै सपथ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १६ २०८१, बुधबार

पोखरा/ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे दोस्रो पटक बुधवार मुख्यमन्त्री नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनी यो पटक ठूलो दलको नेताका रुपमा मुख्यमन्त्री बनेका हुन् ।

गत चैत २५ मा मुख्यमन्त्रीमा नियुक्त एमाले नेता खगराज अधिकारीले बैशाख २३ मा पाएको विश्वासको मत असंवैधानिक भन्दै पाण्डे सर्बोच्च अदालत पुगेका थिए । सर्बोच्चले उक्त विश्वासको मतलाई असंवैधानिक ठहर गरी पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

यसैबीच मुख्यमन्त्री पाण्डेको बुधवार अपरान्ह ५ बजेर १० मिनेटको समयमा पोखरा सभागृहमा सपथ हुने भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->