पोखरा/ सर्बोच्च अदालतको परामादेश अनुसार गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधवार अपरान्ह प्रदेश प्रमुख डिल्लीराज भट्टसंग पद तथा गोपनियताको सपथ लिएका छन । यसैगरी नेपाली काग्रेसबाट बिन्दुकुमार थापा र डा. टकराज गुरुङले पनि आजै मन्त्रीको सपथ लिए ।

थापाले सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयसंगै उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको पनि जिम्मा पाएका छन् । गुरुङलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
थापा यसअघि पनि प्रदेशको मन्त्री भइसकेका थिए ।





