पोखरा/ काठमाडौंबाट म्याग्दीको बेनीतर्फ गइरहेको बस दुर्घटना हुँदा विहीबार ८ यात्रु घाईते भएका छन । कास्की प्रहरीका अनुसार विहीबार बिहान ३ बजेर ४० मिनेटको समयमा बा५ख २८५ नम्बरको बस कास्कीको अन्नपूर्ण गाउँपालिका–१ लेवाडेमा सडकको दायाँ साईडतर्फ नालामा पल्टिएको हो । बसमा १३ जना सवार थिए ।

घाइतेमा बसका चालक पर्वत जलजला गाउँपालिका–८ का बलबहादुर फगामी मगर, म्याग्दीको मालिकाका टकबहादुर कामी रहेका छन । उनीहरुको मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । यसैगरी अन्य घाइतेमा म्याग्दीको मंगला गापा– १ निस्कोटका प्रेम पुन, मंगला–८ का तिलक शर्मा छन । दुवैजनाको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । यस्तै म्याग्दी घर बताउने २५ वर्षीया रञ्जना हमालको मनिपालमा उपचार भइरहेको छ भने म्याग्दीको दरवाङी १५ वर्षीया सबिता श्रीपालीको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । म्याग्दीकै मंगला गापा–१ सिमह बस्ने हरि केसीको मनिपालमा र दरवाङका १७ वर्षीय भिमसेन अधिकारीको बेनी अस्पताल म्याग्दीमा उपचार भई रहेको छ ।





