बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

हावाहुरीले कास्कीकाे रुपामा घरसहित १४ संरचनामा आंशिक क्षती

हावाहुरीले कास्कीकाे रुपामा घरसहित १४ संरचनामा आंशिक क्षती


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १८ २०८१, शुक्रबार
फाइल तस्बिर

पोखरा/ बिहीबार साँझ आएको हावाहुरीले कास्कीको रुपा गाउँपालिकाका विभिन्न स्थानमा घरसहित १४ वटा संरचनामा आंशिक क्षती पुगेको छ ।

कास्की प्रहरीका अनुसार रुपा– १ च्यार्पे बस्ने नरमाया गुरुङको २ तले कच्ची घरको टिनको छानो उडाएको र घरभित्रका अन्नपात तथा लत्ताकपडा भिजेको छ । यसैगरी वडा २ छापडाँडाका सोमबहादुर खड्काको २ तले कच्ची धन्सारको छानो उडाएको र अन्नपात भिजेर क्षति भएको प्रहरीले जनाएको छ । त्यस्तै वडा २ कै माझकोटका हर्कबहादुर गुरुङको २ तले कच्ची घरको टिनको छाना उडाएको, वडा ६ को जामुनेकी चिजामाया गुरुङको बाख्राको खोर र शौचालयको टिनको छाना उडाएको, कसिला गुरुङको ब्लकले बनेको टिनले छाएको एकतले घरको छाना उडाएको, प्रतिक अधिकारीको १ तले पक्की घरको छतमा राखेको पानीको ड्रम र शौचालयको छतमा राखेको ड्रम पनि हावा हुरीले उडाएको छ । त्यस्तै गंगा गुरुङको घरको छानो उडाएको, राजकुमार तामाङको १ तले ब्लकले बनेको घरको टिनको छानो उडाएको, मिया गाउँका अब्बस अलि मिया, अबदुल मिया, रजिना मिया, मैमुन मिया, लैलातान मिया, कृष्णबहादुर थापा, तसबिरन मियाको घरको छानो उडाएको प्रहरीले जनाएको छ । भिरचोककी जानकी गुरुङको मौरीको घार र ड्रम उडाएको, चिसापानीस्थित कोट मन्दिर र थापा गाउँको कुल मन्दिरको टिनको छानो पनि हावाहुरीले उडाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->