पोखरा/ गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा शुक्रबार नियुक्त भएका छन् । उनी यसअघि पनि सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा मुख्य न्यायाधिवक्ता थिए । उनको शपथ आजै दिउँसो २ बजे हुदैछ ।
म्याग्दीो बेनी नगरपालिका–१० का स्थायी बासिन्दा शर्मा २०४८ देखि कानुन व्यवसायमा आबद्ध छन् । शिक्षण पेसामा समेत आबद्ध रहेका शर्मा गएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट मेयर पदको उम्मेदवार भएर एमालेका सुरत केसीसँग पराजित भएका थिए । बिएल, बिएडका साथै उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । म्याग्दीको महेन्द्र माविमा २ वर्ष प्रअ रहेका उनले झण्डै १८ वर्ष म्याग्दी बहुमुखी कलेजमा पढाए । शर्मा म्याग्दी जिल्ला बारका पूर्व अध्यक्ष हुन् ।





