बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

साइकल चोरी मुद्दामा ४ पक्राउ

साइकल चोरी मुद्दामा ४ पक्राउ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०८१, शनिबार

पोखरा/ केही समयदेखि साईकल चोरीका घटनामा बृद्धि भएपछि अनुसन्धानमा खटिएको प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा–५ जिरोका १४ र १७ वर्षका दुई किशोर, स्याङजाको फेदिखोला गाउँपालिका वडा नं. ६ घर भई जिरो बस्ने २४ वर्षीय मदन सुनार र सिन्धुपाल्चोक घर भई जिरोमा फर्निचर उद्योग संचालन गर्दै आएका ५१ वर्षीय भिमसेन थामी रहेका छन । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले शुक्रबार साँझ उनीहरुलाई पक्राउ गरेको हो ।

कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माका अनुसार थामीले संचालन गर्दै आएको जिरोस्थित फर्निचर उद्योगमा शंकास्पद अवस्थामा चोरीका साईकलहरु किनवेच गरिरहेको अवस्थामा चोरीका ६ थान साईकल वरामद भएको छ । चोरीका साइकल किनबेच गर्ने कार्यमा संलग्न उनीहरुलाई नियन्त्रणमा लिई आवस्यक अनुसन्धान भइरहेको उनले बताए । उक्त साइकलहरु कोही कसैको चोरी भएको भएमा प्रमाण लाग्ने कागजात सहित बैदाम प्रहरीमा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->