पोखरा/ नेकपा एमाले पोखरा महानगर पालिकाको नेतृत्वका लागि दुई समुहको प्यानलै चुनावी मैदानमा होमिएको छ । सर्वसम्मत् नेतृत्व चयन हुन नसकेपछि महानगरको दोस्रो अधिवशेनमा चुनावै हुन लागेको हो ।
चुनावी मैदानमा दीपक पौडेल र जीवन आचार्य समुहले प्यानलै खडा गरेका हुन । पौडेललाई पार्टीका नेता पृथ्वीसुव्वा गुरुङ र आचार्यलाई अर्का नेता खगराज अधिकारीको समर्थन छ । पौडेलको प्यानलबाट उपाध्यक्षमा मोहन गुरुङ, सचिवमा दिनेशबाबु खड्का र उपसचिवद्वयमा लालबहादुर राना र किरण गौतम उमेद्वार बनेका छन् यसैगरी आचार्यको समुहबाट उपाध्यक्षमा नरेन्द्र ढुङ्गाना, सचिवमा शुसिल बस्नेत र उपसचिव द्वयमा बिष्णु गौतम र हरिमाया विक उमेद्वार बनेका छन् ।
अध्यक्षमा प्रतिस्पर्धा गरेका पौडेल पोखरा महानगर कमिटिका पूर्व अध्यक्ष हुन भने आचार्य पोखरा महानगर कमिटीका सचिव हुन् । निर्बाचन समितिले भोलि सोमबार विहान ६ बजेदेखि मतदान हुने जनाएको छ । मतदान विद्युतीय भोटिङ्ग मेशिनबाट हुनेछ ।





