बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सबैको साथसहयोग लिएर काम गर्छु–कास्की प्रजिअ पाण्डे

सबैको साथसहयोग लिएर काम गर्छु–कास्की प्रजिअ पाण्डे


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २२ २०८१, मंगलबार

पोखरा/ भर्खरैमात्र सरुवा भइ आएका कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सबै पक्षको साथसहयोग लिएर काम गर्ने बताएका छन । सोमबार हाजिर भएका पाण्डेले मंगलबार पोखरेली पत्रकारसंगको भेटमा उनले कानुनको अधिनमा रही जिल्लामा शान्ति सुरक्षा कायम, कार्यालयको सेवा प्रवाहलाई चुस्त र पर्यटकीय राजधानी पोखरा चौबिसै घन्टा खोल्नेलगायत विषयमा आफुले योजनाबद्ध रुपमा काम गर्ने बताए । कार्यालयमा हुने भिडभाडलाई कम गर्न मंगलबारदेखिनै काम थालिएको उनको भनाई थियो ।

कास्की जिल्ला प्रशासन कार्यालयमा मंगलबार सेवाग्राहीहरु आफ्नो पालो पर्खिदै

उक्त अवसरमा पत्रकारहरुले राष्ट्रिय परिचयपत्र, विपद् व्यवस्थापन, पोखराको सडकको अवस्था, कास्की जिल्ला प्रशासन कार्यालयबाट हुने सेवा प्रवाहलगायत विषयम जिज्ञासा राख्नुका साथै सुझाव पनि दिएका थिए । प्रजिअ पाण्डेले प्राप्त सुझावलाई आत्मसात् गर्दै सबैको साथसहयोग लिएर अघि बढ्ने जनाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->