बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सहकारीपीडितद्वारा प्रधानमन्त्रीलाई कालोझन्डा

सहकारीपीडितद्वारा प्रधानमन्त्रीलाई कालोझन्डा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २३ २०८१, बुधबार

पोखरा/ सहकारी पीडितले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधवार कालो झण्डा देखाएका छन् । पार्टीको प्रदेशस्तरीय बैचारिक एवं राजनीतिक प्रशिक्षण कालागि पोखरा सभागृहमा छिर्ने क्रममा पोखराको सूर्यदर्शन सहकारी पीडितले कालो झण्डा र ब्यानर देखाएका हुन् ।

उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’ लगायत नारा पनि लगाएका थिए । त्यसक्रममा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री दाहाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक सकेर सभागृह आएका थिए । पोखराको सूर्यदर्शन सहकारीको रकम गृहमन्त्री रवी लामिछाने तत्कालीन अवस्थामा एमडी रहेको गोरखा मिडिया प्रालिका नाममा सारेर अपचलन गरेको र प्रहरीमा यसबारेमा जाहेरी पर्दा समेत गृहमन्त्रीमाथि कारवाही नभएको भन्दै पीडितहरु प्रधानमन्त्रीप्रति आक्रोशित भएका हुन् ।

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->