बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

समाजवादको लक्ष्यमा पुग्न सबै कम्युनिष्ट एकता आवस्यक– दाहाल

समाजवादको लक्ष्यमा पुग्न सबै कम्युनिष्ट एकता आवस्यक– दाहाल


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २३ २०८१, बुधबार

पोखरा/ माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक क्रान्ति सकिएकाले अव बिकास र समृद्धिमार्फत समाजवादको क्रान्तिमा लाग्नु पर्ने बताएका छन । समादवादको लक्ष्य पुरा गर्न सबै कम्युनिष्ट घटकबीच एकता आवस्यक रहेको उनले बताए ।

पार्टीको गण्डकी प्रदेशस्तरीय बैचारिक एवं राजनीतिक प्रशिक्षणमा बुधवार बोल्दै दाहालले सरकार सुशासन दिने कुरामा लागिपरेको दावी गरे । उनले सरकारले ल्याएको बजेट तथा नीति र कार्यक्रम सन्तुलित रहको भन्दै यदाकदा सुनिने गुनासो केवल बिरोधका लागिमात्र भएको जनाए । बजेटले निजी क्षेत्रदेखि प्रतिपक्ष दललाई पनि समेटेको भन्दै उनले गठबन्धनका दलहरुबीच अलि ब्यापक छलफल नगरिएकोमा भने महशुषसाथ समीक्षा गरिएको बताए । ‘बजेट पारित हुन्छ र कार्यान्वनमा पनि जान्छ’ उनले भने ।

धेरै असहजता र जोखिम भए पनि अहिलेको गठबन्धनको सरकार राम्रैसंग चलेको र यही सरकार पुरै अवधि रहने दावी उनले गरे । गण्डकी प्रदेशमा संघीयजस्पातै गठबन्धनको सरकार बनाउन पहल भइरहेको उनले बताए । पार्टी गुटउपगुटले कमजोर हुन पुगेको उल्लेख गर्दै दाहालले अव पार्टी, देश र जनतालाई हितमा राखेर काम गर्न कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङले पनि प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->