पोखरा/अवैध लागू पदार्थ सेवन गरि सार्वजनिक सवारीसाधन चलाउने ६जना चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा र ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले संयुक्त रुपमा पुतलीबजार नगरपालिका–४ नौडाँडा लगायत सिद्वार्थ राजमार्गमा चेकिङको क्रममा पहरी पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानालेसडक दुर्घटना न्यूनीकरण एवं सार्वजनिक यातायातलाई थप सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यले गरिएको चेकजाँचमा लापसे गरी सवारीसाधन चलाउनेलाई पक्राउ गरिएको बताए ।
ड्रग टेस्ट किटले लापसे गरे÷नगरेको चेकजाँचका क्रममा १८ जना सवारीसाधन चालकमध्ये ६ जना चालकहरुले लापसे गाँजा सेवन गरी सवारीसाधन चलाएको पाइएकोले नियन्त्रणमा लिइएको डिएसपी रानाको भनाइ छ ।
पक्राउ पर्नेमा स्याङ्जा कालीगण्डकी गाउँपालिका६ का ३५ वर्षीय टिप्पर चालक गुमनबहादुर दर्लामी, पुतलीबजार नगरपालिका ३ का ३८ वर्षीय बस चालक किरणबहादुर हमाल, २७ वर्षीय अटो चालक अमन अली मिया, वडा नंबर ७ का २९ वर्षीय अटो चालक दीलिपसिंह ठकुरी र जिप चालक मंगलबहादुर दर्जी र वडा नं.१ का ४२ वर्षीय ट्याक्सी चालक रामश्रेष्ठ रहेको डिएसपी रानाले जानकारी दिए ।





