बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

जेठ २८ मा प्रदेश सभा बैठक, मुख्यमन्त्रीले विश्वासको मत लिने

जेठ २८ मा प्रदेश सभा बैठक, मुख्यमन्त्रीले विश्वासको मत लिने


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २५ २०८१, शुक्रबार

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने प्रयोजनका लागि जेठ २८ गते ३ बजे प्रदेश सभाको बैठक बस्ने भएको छ । यसका लागि संसद सचिवालयले सूचना समेत जारी गरेको छ ।

मन्त्री बिन्दुकुमार थापा, कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने र सांसद द्रोण कुँवरसहितको टोली संसद सचिवालमा पुगेर आजै सूचना दर्ता गराएका छन् । यही जेठ १६ गते सर्बोच्च अदालतको परमादेशबाट मुख्यमन्त्रीमा नियुक्त पाण्डेले नीति तथा कार्यक्रम र बजेट अगावै विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री पाण्डेले असार १४ भित्र विश्वासको मत लिइसक्नुपर्छ ।

६० सदस्यीय सभामा कांग्रेसको २७ सिट छ । राप्रपाले समर्थन गर्दा २९ पुग्छ । दीपक मनाङे आउँदा पनि जम्मा ३० सिट पुग्दा १ सिटले यो गठबन्धनको बहुमत पुग्दैन । त्यसका लागि कांग्रेसले माओवादीको चुनाव चिह्नबाट जितेका फणिन्द्र देवकोटाको आशा गरेको छ ।

तर उनी कानुनी रुपमा माओवादी संसदीय दलमै छन् । १६८ को उपधारा ३ अनुसार बनेको सरकारलाई मत दिन उनले संसदीय दलको ह्विप उल्लंघन गर्नुपर्छ । उनीबाटै मत पाउने विश्वासका साथ मुख्यमन्त्रीले सदन फेस गर्न लागेको अनुमान गरिएको छ ।

मुख्यमन्त्री बिहीबार विश्वासको मतमा माहोल मिलाउन राजधानी गएका थिए । पार्टी सभापति शेरबहादुर देउवाले आजै गण्डकीमा कांग्रेस सरकार टिकाउन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चिठी समेत लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->