बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

दाङसिङ्गकी इशाको उपचारका लागि तीन लाख २० हजार सहयोग

दाङसिङ्गकी इशाको उपचारका लागि तीन लाख २० हजार सहयोग


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २५ २०८१, शुक्रबार

पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ दाङसिङ्ग निवासी इशा विकको उपचारमा सहयोग पुराउन आर्थिक सहयोग संकलन गरिएको छ ।

स्थानीय प्रेमबहादुर वि।ककी २९ वर्षिया छोरी इशालाई ब्रेन ट्युमर भएको र आर्थिक अभावका कारण उपचारमा समस्या भएकाले रकम संकलन गरिएको हो । उनको उपचारका लागि सात लाख खर्च लाग्ने बताइएको छ । दाङसिङ्ग गुरुङ सम्पर्क मञ्च र दाङसिङ्ग तमु समाज युकेको नेतृत्वमा रकम संकलन गरिएको हो । संकलित ३ लाख २० हजार आठ सय ८२ रुपैयाँ शुक्रबार बिरामी इशा र बुबा प्रेमलाई हस्तान्तरण गरिएको छ ।

मञ्चका अध्यक्ष क्याप्टेन काजीमान गुरुङले रकम हस्तान्तरण गरेका हुन । नेपाली काँग्रेस कास्की क्षेत्र नं ३ का सभापति मनोज गुरुङ्, अन्नपूर्ण ८ का वडा अध्यक्ष विजय गुरुङ, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि विष्णुबहादुर क्षत्री, सहसचिव नवीन सिग्देल, नेपाली काँग्रेस क्षेत्र नं ३ का सदस्य तिलकबहादुर कुँवरको रोहवरमा संकलित रकम हस्तान्तरण गरिएको हो ।

दाङ्सिङग तमु समाज युकेका अध्यक्ष राजबहादुर गुरुङको नेतृत्वमा एक लाख ७० हजार पाँच सय ३७, दाङ्सिङ्ग गुरुङ सम्पर्क मञ्चको नेतृत्वमा एक लाख ६ हजार आठ सय १५, अन्नपूर्ण गाउँपालिका वडा नं ८ बाट ३७ हजार र नेपाली काँग्रेस कास्कीका सदस्यहरुबाट ६ हजार पाँच सय संकलन भएको रकम संकलन समितिका संयोजक पुरण गुरुङले जनाए । मञ्चका अध्यक्ष क्याप्टेन काजीमान गुरुङले ढुक्कसँग उपचारमा ध्यान दिन आग्रह गर्दै आवश्यक परे अझै सहयोग संकलन गर्ने प्रतिवद्वता व्यक्त गरे । नेपाली काँग्रेस क्षेत्र नं ३ का सभापति मनोज गुरुङले मानवीय सेवा सबैभन्दा ठूलो धर्म भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->