बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

तनाव व्यवस्थापनमा सञ्चारको भूमिका विषयक कार्यक्रम सम्पन्न

तनाव व्यवस्थापनमा सञ्चारको भूमिका विषयक कार्यक्रम सम्पन्न


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २५ २०८१, शुक्रबार

पोखरा/ सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशको आयोजनामा आदिवासी जनजाति महिलाहरुको लागि तनाव व्यवस्थापनमा सञ्चारको भूमिका विषयक कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुलाई तनाव नलिन र तनावलाई कसरी सजिलै व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको हो ।

पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा भएको कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय पार्दीका प्रमुख ब्रहमाकुमारी अमृत दिदीले तनाव व्यवस्थापनमा ध्यान योग आवश्यक रहेको बताइन । उनले सञ्चारमाध्यमवाट सही सूचना सम्प्रेषण हुनुपर्नेमा जोड दिइन ।

कार्यक्रममा सहजीकरण गर्दै पे्रस काउन्सिलका सदस्य दुर्गा भण्डारीले सञ्चार माध्ययमबाट प्रशारण हुने सुचना तथ्यपरक हुनुपर्ने बताउँदै समाचार लेखिसकेपछि क्रस चेकिङ गर्न आवश्यक रहेको बताइन । सञ्चारिका समुह गण्डकीका पूर्व अध्यक्ष सुष्मा पोडेलले तनाव व्यवस्थापन हरेक व्यक्तिको लागि आवश्यक विषय भएको बताइन । उनले दैनिक जीवनमा ध्यान योग गर्दै तनावलाई सरल रुपमा लिनुपर्नेमा जोड दिइन ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत मोहन काफ्ले, ईन्सेकका कार्यक्रम अधिकृत सवनम शर्मा, महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष केशु भूजेल लगायतले तनाव व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा आफ्नो भनाई राखेका थिए ।

तालिममा तमु धी नेपाल केन्द्रिय आमा समिति, नेवा मिसा पुचः, नेपाल दवु मिसा, मगर महिला संघ, महिला घेदुङ, तामाङ महिला समिति, राष्ट्रिय आदिवासी जनजाति महिला संघ, नेपाल कुमाल समाज, दुरा समाज सहित विभिन्न संघ.संस्थामा आवद्ध ५० जना आदिवासी जनजाति महिलाहरुको सहभागीता रहेको थियो । सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशका अध्यक्ष कविता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कञ्चन थापा र सञ्चालन कोषाध्यक्ष उमा आलेमगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->